Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
Transfiguration pending
सामग्रीमा जानुहोस्

विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नयाँ पृष्ठ भनेर अहिलेसम्म नेपाली विकिपिडियामा सृजना नभएको लेख बुझिन्छ । यदी नयाँ पृष्ठ आरम्भ गर्दै हुनुहुन्छ भने पहिला आफूले लेख्न लागेको लेखको सही हिज्जे (स्पेलिङ) पत्ता लगाउनुहोस् । नेपाली भाषामा प्रायजसो 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले भएको लेख पनि नभेटिने समस्या पाइन्छ ।

खोज्ने

खोज बाकसमा लेखको शीर्षकलेखेपछि खोज्ने बटन थिच्नुहोस् ।

शीर्षक टाइप गरेपछि खोज बटन थिच्नुहोस्

शीर्षक जाँच्ने

यसरी खोजेपछि नयाँ विन्डोमा खोज नतिजाहरू देखापर्छन् । तपाईंले लेख्न खोज्नुभएको लेख पहिला नै नेपाली विकिपिडियामा सृजना गरिएको छ भने तपाईंले टाइप गर्नुभएको शीर्षक नीलो रंगमा देखापर्नेछ । तर यदी त्यो शीर्षकको लेख नेपाली विकिपिडियामा नभए तपाईँको शीर्षक रातो रंगमा देखापर्नेछ ।

नीलो रंगको शीर्षक छ भने त्यो शीर्षकमा क्लिक गरेर तपाईं पहिला नै लेखिसकेको त्यो शीर्षकमा पुग्न सक्नुहुनेछ र आवस्यक सम्पादन गर्न सक्नुहुनेछ । तर तलको चित्रमा जस्तै रातो रंगमा शीर्षक देखापर्यो भने यो शीर्षकमा लेख सृजना भएको छैन भन्ने बुझ्न सक्नुहुन्छ । ध्यान दिनुहोस् 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले पनि तपाईँले उक्त लेख नभेट्नु भएको हुन सक्छ । त्यसको लागि तपाईं आफ्नो हिज्जे (स्पेलिङ) सही भए-नभएको जाँच गर्नुहोला ।

नयाँ पृष्ठ बनाउने

अब तपाईँ नयाँ पृष्ठ सृजना गर्दै हुनुहुन्छ । आफूले टाइप गरेको शीर्षक (रातो रंगको)मा क्लिक गर्नुहोस् । यसपछि तल देखिएको जस्तै सृजना पृष्ठ खुल्नेछ ।

लेख लेख्ने

संग्रह गर्ने

सन्दर्भ सामग्री खोज्ने

अब तपाईँको लेखको आधिकारिकताका लागि प्रमाण स्वरुप सन्दर्भ सामग्रीहरूको व्यवस्था गर्नुहोस् । तपाईंको लेखको लागि सन्दर्भ सामग्री अनलाइन नै हुनुपर्छ भन्ने छैन । भरोसा गर्न लायक कुनै प्रकाशन संस्थाको पुस्तक, समाचार पत्र, स्मारिका, बुलेटिन आदिलाई पनि सन्दर्भ सामग्रीको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । यहाँ अनलाइन समाचार पत्रको एक उदाहरण दिइएको छ । तपाईंले लेख्ने तथ्य तपाईँको सन्दर्भ सामग्रीले प्रमाणित गर्नु आवस्यक छ ।

सन्दर्भ ढाँचा

लेखको श्रेणीकरण

इन्टरविकि लिङ्क गर्ने तरिका

  1. सबैभन्दा पहिले नेपाली विकिपीडियामा बनेको कुनै लेखमा जाने जसलाई इन्टरविकी लिङ्क सँग जोड्नु पर्नेछ । त्यस लेखको ठिक देब्रे पट्टी रहेको Languages ट्याबको तल लिङ्क सम्पादन गर्नुहोसमा क्लिक गर्नुहोस (चित्रमा देखाए झैँ) ।
  1. त्यसपश्चात चित्रमा देखाए झैँ भाषा भन्ने शीर्षकमा लेख बनिसकेको विकिपीडियाको नाम राख्ने जस्तै (अङ्ग्रेजीको लागी en, हिन्दीको लागी hi) र त्यसको ठिक तल पृष्ठ भन्ने शीर्षकमा लेखको नाम लेख्ने र अन्तमा पृष्ठसँग लिङ्क गर्नुहोसमा क्लिक गर्ने ।
  1. त्यसपछी आउने अर्को बक्समा निश्चित गर्नेमा क्लिक गर्ने ।
  1. सबैभन्दा अन्तमा पृष्ठ लिङ्क भइसकेको बक्स आउनेछ जसमा तपाईले संवाद बन्द गर्नुहोस् र पृष्ठ पुन: लोड गर्नुहोस्मा क्लिक गरेर पृष्ठलाई पुन लोड गर्नुहोला ।
  1. पृष्ठमा अन्तरविकि जोडिएको देख्न सक्नुहुन्छ ।

निर्देशन

नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पन्नाहरूसित जोडिएका हुन्छन्।

विकिपीडियाका लेखहरूमा प्राय नैं धेरै लिंकहरू हुन्छन्। यदि लिंकको लेख विकिपीडियामा छ भने त्यो नीलो हुन्छ । यदि लिंकको लेख विकिपीडियामा छैन भने लिंकको रंग रातो हुन्छ। रातो लिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ। त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस्। यदि यसो गर्नु भयो भने तपाईंले विकिपीडियामा नयाँ पृष्ठ जोड्नुभयो।

धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै हिज्जे त गलत छैन। यस्तो हो भने हिज्जे सही गरिदिनुहोस्, लिंक नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरूलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [विराटनगर उपमहानगरपालिका]। यहाँ लेखमा विशेष कमाण्ड छ #REDIRECT [[विराटनगर उपमहानगरपालिका]], सो बिराटनगर लेख आफ्नो लिंकलाई विराटनगर उपमहानगरपालिका लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।