Svoboda | Graniru | BBC Russia | Golosameriki | Facebook
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५
विज्ञान र प्रविधि

Technology

को बन्ला विश्वको पहिलो मिस एआई ?

एक महिनाभित्र डिजिटल दुनियाँमा एउटा रोचक कार्यक्रम हुँदै छ– मिस एआई । यो हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले बनाइएका मोडलहरूको सौन्दर्य प्रतियोगिता । विश्वमा पहिलो पटक हुन लागेको यो कार्यक्रममा आवेदन यही अप्रिल १५ मा खुला गरिएको छ । 

वैशाख ८, २०८१

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ ।

फस्टाउँदै अन्तरिक्ष पर्यटन

अमेरिकी अर्बपति जेफ बेजसको अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनी ‘ब्लु ओरिजिन’ ले अन्तरिक्ष भ्रमणमा जान लागेका ६ जना पर्यटकको नाम र विवरण हालै सार्वजनिक गरेको छ । दुई साताअघि सार्वजनिक गरिएका पर्यटकमा अन्तरिक्ष इतिहासका विशिष्ट व्यक्ति मानिने एड ड्वाइटसहित सगरमाथा आधार शिविरलगायत नेपाल घुमेकी पूर्वलेखापाल क्यारोल स्कालर छन् ।

चैत्र २९, २०८०

होम रोबोट बनाउँदै एप्पल

केही समयअघिसम्म विद्युतीय स्वचालित कार बनाउन तम्सिएको एप्पल कम्पनी अहिले व्यक्तिलाई घरभित्र लुखुरलुखुर पछ्याउने र विभिन्न काममा सघाउनसमेत सक्ने फुच्चे ‘मोबाइल रोबोट’ निर्माणमा लागेको बुझिएको छ । एआईमा आधारित सेन्सर, क्यामरा र चिपसेटसहितको होम रोबोटसँगै एप्पलले स्वचालित रूपमा चल्ने डिस्प्ले भएको ‘टेबलटप होम डिभाइस’ पनि बनाइरहेको अमेरिकी प्रविधि पत्रकारहरूले फेला पारेका हुन् ।

चैत्र १७, २०८०

अमेरिकी संघीय निकायमा प्रमुख एआई अधिकृत नियुक्त गर्नुपर्ने निर्देशिका जारी

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित र विश्वासिलो प्रयोग सम्बन्धमा अमेरिकी सरकारले आफ्ना हरेक संघीय निकायहरूमा प्रमुख एआई अधिकृति नियुक्त गर्न यो साता एक निर्देशिका जारी गरेको छ । संघीय निकायहरूमा वरिष्ठ भूमिकामा रहने गरी प्रमुख एआई अधिकृत नियुक्त गर्न र सोही नेतृत्वमा एआईका विभिन्न प्रविधि अनि प्लाटफर्म प्रयोगको व्यवस्था मिलाउन भनिएको छ । बाध्यात्मक भनिएको सो निर्देशिकामा अमेरिकी सरकारले यो वर्षभित्र नियुक्त गर्ने एआई क्षेत्रका एक सयजना व्यवसायिक व्यक्तिहरूसँग कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे पनि उल्लेख गरिएको छ ।

चैत्र १५, २०८०

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो

सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो । सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि डिसेम्बरबीच प्लाटफर्मबाट हटाइदिएको थियो । संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, रुस, ब्राजिल, पाकिस्तान, बंगलादेश, जर्मनी र फिनल्यान्डबाट अपलोड गरिएका भिडियो पनि युट्युबले अधिक संख्यामा हटाएको देखिन्छ ।

चैत्र १२, २०८०

नेपाल सम्वत्‌को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

चैत्र ८, २०८०

पक्षघातपछि मस्तिष्कमा यन्त्र जडान गरिएका पहिलो बिरामीले अनलाइन चेस खेलेको दाबी

इलन मस्कको ब्रेन-चिप कम्पनी न्युरालिंकले आफ्नो पहिलो बिरामीले शल्यक्रिया गरी मस्तिष्कमा राखिएको यन्त्र प्रयोग गरेर कम्प्युटरमा कर्सर चलाएको सार्वजनिक गरेको छ ।

चैत्र ६, २०८०

सत्तारुढ पाँच दलको संकल्प : नागरिक एपबाटै सबै सेवा

सबै प्रकारका सार्वजनिक सेवा उपलब्ध गराउने गरी अब नागरिक एपलाई थप सुदृढ बनाउने विषय पनि सत्ता गठबन्धनले साझा संकल्पमा उल्लेख गरेको छ । मंगलबार सार्वजनिक भएको सत्तारुढ पाँच राजनीतिक दलको  ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ मा सरकारी कार्यालयपिच्छे नागरिकतालगायत कागजात पटक-पटक बुझाउनुपर्ने झन्झट हटाउन नागरिक एपमार्फत सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइएको हो ।

माघ २५, २०८०

सूचना प्रविधि उद्योगलाई राज्यले प्राथमिकता दिनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्बन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रमा अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् ।